प्रिय भुटानी साथीहरु,
हाम्रो साझा संस्था ‘भुटानीज् एसोसिएसन् इन् साउत् अष्ट्रेलिया’ को गत जुलाइ महिनामा सम्पन्न साधाराण सभाले संस्थाको नाम परिवर्तन गरी ‘भुटानीज् अष्ट्रेलियन् एसोसिएसन् अफ् साउत् अष्ट्रेलिया’ बनाउने निर्णया गरेको जानकारी दक्षिण अष्ट्रेलियामा बस्ने सबै भुटानीहरुलाई सहर्ष जानकारी गराउन चाहान्छु । यसबारे थप जानकारी पाउन निम्न लिंकमा क्लिक गर्नु होला : http://www.bhutanesesa.org.au/about-us/constitution

अहिले हामी संस्थाको सदस्यताको लागि फर्म बाडिरहेका छौं । फर्म भर्नको लागि निम्म व्यक्तिहरुलाई सम्पर्क गर्नु होला –

  • शुशिल निरौला (सल्स्ब्री र वरिपरिका सबर्बहरु)
  • इन्द्र अधिकारी (ब्लेयर एथोल, प्रोस्पेक्ट र वरिपरिका सबर्बहरु)
  • अभिषेक गजमेर (पश्चिम सबर्बहरु)
  • जीवन कोइराला (दक्षिण सबर्बहरु)

साधारण सभाको निर्णय बमोजिम संस्थाको कार्यकारीणि समितिको लागि चाडै निर्वाचन हुन लागेको कारण आफ्नो मत हाल्नको लागि चाडो फर्म भरेर आफ्नो क्षेत्रमा तोकिएको व्यक्तिलाई बुझाउनुहोला । सदस्यता शुल्क १० डलर तोकिएको छ ।

पहिले सदस्यता लिएर नवीकरण नगरेका सदस्यले पनि फर्म भरी सदस्यता नवीकरण गर्नु हुन अनुरोध गर्दछु । तपाईको सदस्यता फर्म प्राप्त भएपछि तपाईको ठेगानामा सदस्यता नम्बर सहितको सदस्यता कार्ड आउने छ । सदस्यता प्राप्त गरेपछि तपाईले बासाबाट बिभिन्न सेवाहरु लिन सक्नुहुनेछ । बासाले दिने सावा बारे जानकारी लिन निम्न ठेगानामा क्लिक गर्नु होला वा कार्यलय समयमा सम्पर्क गर्नु होला । http://www.bhutanesesa.org.au/services

बासा के हो?
भूटानीज अस्ट्रेलियन एसोसिएसन अफ साउत अस्ट्रेलिया (बासा) दक्षिण अस्ट्रेलियामा रहेका भूटानी समुदायभित्रका सबै जात-जाति र लिंगका प्रतिनिधि मिलेर बनेको गैर नाफामुखी विशुद्ध सामुदायिक संस्था हो। यसमा सर्बोच्च निकायका रुपमा समुदायभित्र रहेका १२ बिभिन्न जात-जाति (जसलाई समाज भनिएको छ) बाट १ महिला र १ पुरुष गरी २ जान प्रतिनिधि रहेको सर्वोच्च परिषद (Apex Council) रहन्छ भने केन्द्रीय कार्यकारीणि समिति (Central Executive Committee) सदस्यहरुमा सम्बन्धित फाँटमा दक्ष व्यक्तिहरु रहेने व्यवस्था छ । पाँच सदस्यीय यो समितिका लागि हरेक २ वर्षमा चुनाव हुने गर्छ जसमा बासाका सदस्यहरुले आफ्नो मताधिकार मार्फत प्रयोग गर्छन् । अन्य संवैधानिक अंगहरुमा सल्लाहकार परिषद (Advisory Council) र आवस्यक पर्दा संस्थाभित्रको विवाद मिलाउने काम गर्ने विवाद समाधान समिति (Ombudspersons) रहेन्छन् ।

बासाको सदस्यता किन लिने?
बासाको सदस्ता लिएपछि तपाईंको निम्न कुराहरुमा पहुँच हुनेछ:-
१. संस्थालाई उपलब्ध हुने अनुदानबाट जोडिएका सामाग्रिहरु जस्तै भाँडा-कुंडा, सामान ओसार्ने ट्रेलर, साउण्ड सिस्टम आदि न्युनतम शुल्कमा भाडामा लिन ।
२. संस्थाका सदस्यले आफ्ना प्रतिनिधि छान्न र संगठन संचालनमा भाग लिन आगमि मार्च ३ तारिक हुने कार्यकारीणि समितिको निर्वाचनमा उमेद्वारी दिन पाउने ।
३. रोजगारदाताहरुसंग सम्पर्क गरी योग्य व्यक्तिलाई कामका लागि सिफारिस गर्ने लगायत सदस्यको सुरक्षा, समृद्धि र मानवधिकारका लागि वकालत गर्ने ।

नोट: केहि सेवाहरु लिन बासाको सदस्यता चाहिँदैन। बासाद्वारा उपलव्ध अन्य सेवाहरु र संविधान इन्टरनेटमा http://www.bhutanesesa.org.au हेर्न सक्नु हुनेछ ।

तपाईंको सदस्यता शुल्क कहाँ जान्छ?
तपाईंले तिर्नु भएको शुल्क समुदायकै हितका लागि बिभिन्न काममा प्रयोग गरिन्छ जस्को पूर्ण बिबरण बासाको कार्यालयमा रहन्छ अनि तपाईंले चाहेको बेला हेर्न सक्नु हुनेछ । हरेक वर्ष बासाले आय-व्याय विवरण सार्वजनिक गर्छ । यसमा सदस्यता शुल्क र अन्या श्रोतबाट आएको रमक कुन कुन प्रयोजनका लागि खर्च गरियो भन्ने पूर्ण विवरण दिइएको हुन्छ ।

थप जानकारीका लागि सामाजिक कार्यकर्ताहरु बिक्रम अधिकारी र शुशिल निरौलासंग सम्पर्क गर्नुहोला ।

 

भवदीय
टीका घले
सचिव

Leave a Reply

Your email address will not be published.