चोला उठेको आज आठौ दिन
दक्षिण अस्ट्रेलियाली भुटानी संगठन (बासा) तथा मेरा निज तर्फाबाट श्रीमान डी.बी. बस्नेत र श्रीमति दिल कुमारी कार्की कि जननी दिवंगता श्रीमति छली माया सिरुपाली बस्नेत (चल्ती नाम राधिका ) को ८९ वर्षका उमेरमा अमेरिकाको कोलोराडोमा गत ताo ८ अगस्ट २०१० का दिन देहावसान भएकोमा अमर आत्मा प्रति नतमस्तक हुँदै शान्ति पावस भन्ने हेतु सहित समस्त परिवारलाई धैर्य धारण गर्ने शक्तिको कामना सहित हृदय पूर्ण समवेदना प्रकट गर्दछौ!
दिवंगताले ४ छोरा ५ छोरि र ३८ नाता नातिनीहरु छोडेर गएकी छन !

हाम्रा सोचाई र प्रार्थना तपाईहरु प्रति,
जो अत्यन्त दुखित आज छौ सुज्दैना मति,
तर चेतना जाग्नेछ सुखी हुन भोलि,
तपाइको हृदय र सम्झनामा फुटोस बोली,
दैवी आशिर्वाद र मायाले भरोस,
शान्ति र सुखको उज्यालो छरोस,
जस्तो हृदयको बत्ती बालेर देखोस,
भोलि का दुख दरिद्र र अशान्ति छेकोश ! अस्तु !

सात विचारिहरुले सन्तप्त परिवारलाई सान्त्वना दिन ३/२१० बलौबर्ड रोड मौसन लेकस जाने अनुरोध गरिन्छ ! ७ दिन देखि मानो चामल लान सकिन्छ !
जादा सिटीको एम. आर. सी. अगाडीको X२ बाट गाडी न. २२२, २२४ मा चडी ३३E मा झर्ने वा मौसोन लेकसबाट पनि त्यहि गाडी
स धन्यबाद

BASA
(शान्ति राम ढकाल )

Leave a Reply

Your email address will not be published.