समुदायका ज्येस्ठ सदश्यहरु,
भुटानी संगठन दक्षिण अष्ट्रेलिया(BASA ) र सल्स्वरी काउन्सिलकोतर्फबाट तपाईंहरु सबैलाई भुटानी समाज सहयोग कार्यक्रममा सहभागी भाइदिनुहुन हार्दिक अनुरोध गर्दछु।

उक्त कार्यक्रम १२ अगस्त २०१० विहिवारदेखि सल्स्वरीको चर्च स्ट्रिटमा रहेको सेन्ट जोहन्स चर्चामा ११ बजेदेखि आयोजना गरिनेछ।
यातायात र कोषको व्यव्स्था मिलाउन केही समय लाग्ने हुँदा पहिलो तीन महिना यो कार्यक्रम पाक्षिक(पन्द्र दिनमा एक पटक)गरिने छ अनि त्यसपस्चात् साप्ताहिक हुनेछ। यो कार्यक्रमलाई सल्स्वरी काउन्सिलको(समुदाय सेवा/ स्वस्थ ब्रद्धावस्था तथा पहुँच)समुदाय सहयोग कार्यक्रमले कोष उपलब्ध गराउँछ।
प्राय जसो घरबाट बाहिर निस्कन नसक्ने मानिसहरुलाई सहयोग गर्ने यो कार्यक्रमको लक्ष्य हो। यस कार्यक्रममा सहभागी हुँदा तपाईंलाई निम्न कुराहरुमा फायदा हुनेछ।

१। समुदायका अरु मनिषहरुसँग घुलमिल हुन
२।मित्रता बडाउन
३। एकलोपन हटाउन
४। योगा, भजन-कीर्तन गर्न
५। समाचार सुन्न,समसामयिक बिषयमा जानकारी लिन
६।भाषा सिक्न,सेन्टर्लिन्क लगायत बिभिन्न संस्थाबाट पाइने सेवाबारे जानकारी लिन
७।ब्यक्तित्व विकाश मार्फत समुदायको कल्याण गर्न आदि।

यस्ता क्रियाकलापबाट तपाईंको मानसिक तथा शारीरिक स्वस्थलाभ हुनेछ। यो कार्यक्रम समुदायका असक्त ज्येष्ठ सदश्यहरुलाई लक्षित गरी तयार गरिएको हो। यसको प्रमुख लक्ष्य भनेको हिडडुल गर्न नसकेर अथवा अन्य कारणले घरैमा बस्न वाध्य भएका मानिषाहरुलाई समाजमा घुलमिल हुने मौका दिलाउनु हो।
भुटानी समुदायका स्वयंसेवकहरुले तपाईंहरुलाई कार्यक्रम स्थलमा लैजाने, सामाजिक गतिबिधिमा सहयोग गर्ने र घरसम्म ल्याइदिने काम गर्नेछन्।
यसै कार्यक्रमका लागि स्वयंसेवकहरु पनि चाहिएको हुँदा इच्छुक व्यक्तिले भेश्ना(०४०१९८४७६९) अथवा मेरी(०४३४१८०५६७)लाई संपर्क गरी थप जानकारी लिन पनि अनुरोध गर्दछु।

कमल दाहाल
संयोजक,परिवार सेवा बिभाग
भुटानी संगठन दक्षिण अष्ट्रेलिया( BASA)

Leave a Reply

Your email address will not be published.