वैकुन्ठोत्सव कै अवसरमा

आयो टप्प टिप्यो लग्यो मिती पुग्यो टारेर टर्दैन त्यो ।।

मित्रवर यतीराज नेओपानेज्युले आफ्नी आमा स्व० श्रीमती यशोदा नेओपानेज्युको ५५ वर्षको उमेरमा शरणार्थि अवस्था मै गुमाएको आज १६वा दिन, वैकुन्ठोत्सव गर्ने तिथिमा मुक्ताले वैकुन्ठ वास पावस तथा शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ती वडोस भन्ने श्री परमात्मासँग समस्त यडिलैड वासी भुटानी प्रार्थनाका साथ सम्वेदना प्रकट गर्दछौ ।।

भयो जन्म माता भुटान देशका एक कुनामा । पिता माता देखी वियोग हुनुभो कम्ती जुनीमा (उमेर)।।
दिये कौडिन्यलाई नचिनी निज सम्झी कन त्यहा। समाल्दै त्यो सृस्‍टि छोरा छोरी भए चारजना वहाँ ।।

विथोलियो शान्ती भय सहित त्यागी निज थालो। विदेशएउ नेपाल भई कन मगन्ते सरी भलो ।।
आयौ ज्यानको वाजी राखिकन सबै सन्तती लिइ। बस्यौ किर्तिसाथ गुरुमा सुख शान्ती सब भई।
त्यो गोलधापको तातो ठिहिरो अनी हुस्से सब सही। वसी सत्र वर्ष पती छोरी छोराको भलो भई।
भयो पापी क्यान्सर शिर विसे कुनै टर्ने नगरि । छ मास भित्रैमा त्यगी गयौ सबै विद्युत सरी।
रहेका सब आफ्ना रुन लागे अब के गरु भनी । दिउन इशले शक्ती धारण गरी धैर्य अझ पनि ।
यो वैकुन्ठ उत्सव पारीकन तिथी पुण्य सोह्रवाहाँ।
चडाउछौ भुटानी अदिलैद वासी सम्वेदना या ।

समस्त भुटानी परिवार एडिलैड
अष्ट्रेलिया

Leave a Reply

Your email address will not be published.