Funeral ceremony of late Sunwar. Photo/Jogen

Late Indra Bahadur Sunuwar was cremated amidst a special function organised on Saturday, February 19, at Foland Chapel in Enfield Memorial park, Enfield.

The function was coordinated by Fulham Funerals with support from Migrant Resource Centre (MRC) and Family SA. Over 100 members of the Bhutanese community were present at the final rites along with representatives from Centrelink and MRC.

Sunuwar was buried according to Christian culture.

Sushil Niroula, Sangita Upreti, Babita Adhikari, Nirmala Dahal, Abishek Gazmere and Laxman Yogi sang bible carols wishing peace for the departed soul. Sunuwar’s son-in-law Dhan Kami and daughter Renuka read bible while other son-in-law Surendra Pandey talked about the life of late Sunuwar.

Sunuwar was hit by a private car near his residence in Marion on February 1 and died four days later while undergoing treatment at Flinders Medical Centre.

Below is short biography.

९४ बर्सिय स्वर्गिय ईन्द्र सुनुवार को छोटो जीवन् परिचय।

स्वर्गिय ईन्द्र सुनुवारको जन्म नेपालको सगरमाथा अञ्चल, ओखल्ढुङ्गामा सन १९१७ अथवा ९४ बर्ष अघि भएको थियो । ओखलढुङ्गाका सामान्य कृषक परिवारमा जन्मिनु भएका स्वर्गिय बुबा बिस बर्षको उम्मेरमा जन्मथलो ओखलढुङ्गा छोडेर नयाँ जीवन सुरुवातका निम्ति भुटान तर्फ लाग्नु भएको थियो ।

देश छोडे पछि उहाको जीवनले अलग मोड लियो । भुटानको साम्चीलाई कर्मथलो बनाएपछि बुबाको आफन्तसंगको भेटघाट टुट्यो । उहाको देहवशान सम्म पनि कोही दाजु-भाई दिदी बहिनी सित भेटघाट भएन । साम्चीमै रहदा पाको उमेरमा उहाको विहे जूनी माया सुनुवरसँग भयो । कडा परिश्रम र साहसी स्वभावका स्वर्गीय बुबाले कालान्तरमा साम्चीमै घर-जग्गा किन्नु भयो । उहा भुटान बसुन्जेल पेसागत रुपमा पानी फिट्टर रहनुभयो ।

सन १९९० को राजनैतीक उथल-पुथल र अस्थिरताले वहाँको जीवनमा फेरि अर्को संघर्षको अध्याय कोर्‍यो । सैनिक शासनको ज्यादती खप्न नसकी अन्तत ज्यानको जोखिम टार्न ७४/७५ बर्षको बृद्ध उम्मेरमा उहा परिवारका साथ नेपालमा शरण लिन आउनुभयो । झापाको चारआलीमा ६ महिना र बेल्डागी २ बिस्तारित शिविरमा १९ बर्षको कष्टकर जीवन बिताउनु भएका श्रद्धेय बुबा स्वर्गिय इन्द्र बहादुर सुनुवार धेरै सहन्शील्, सङघर्षशील र सहयोगी ब्यक्तित्वको पनि पर्याय हुनुहुन्थ्यो । उहामा आफ्ना सन्तान र परिवार प्रतिको माया र सद्भाव कहीले पनि घटेन ।

तेश्रो देश पुनर्स्थापन प्रक्रिया अन्तर्गत सुनुवार स-परिवार २०१० को जुलाई १५ मा नयाँ जीवन थालनी गर्न अष्ट्रेलियाको डाँर्विनमा आउनुभयो भने यही २०११ को जनवरी ५ मा Adelaide आउनुभएको थियो । February १ मा दुर्भाग्यवस Diagonal Road मा ट्याक्सीको ठक्करमा पर्नुभएका वहाँको आत्माले February ४ शुक्रबारका दिन अस्पतालको कक्ष्यमा नै इश्वरिय रुप प्राप्त गर्‍यो । उहा प्रभु इशुका साथ जानु भयो ।

वहाको प्रभुमा ठुलो झुकाव थियो । प्रभु इसुलाई प्राप्त गरेकै कारण दुई सन्तान – छोरीहरु Renuka र Gracey – बरदान पाएको हुनाले वहाँको प्रभु प्रति ठुलो आस्था र विश्वाश थियो। जीवन चुनौतिपुर्न र कस्टकर भोगे पनि स्वर्गिय बुबा आफूलाई धेरै भाग्यमानी मान्छे सम्झनुहुन्थ्यो । अष्ट्रेलिया जस्तो विकसित देशमा आइपुग्न अनि यहाँको रहनसहन बुझ्न पाएकोमा उहा गर्व गर्नुहुन्थ्यो । Darwin मा एक दिन पानी जहाजबाट जलबिहiर गर्दा वहाँलाई पानी माथि जहाज कुदेको देख्दा धेरै अचमम लागेको थियो हामी सित बताउनु हुन्थ्यो । त्यतिको पा’को उम्मेरमा पनि वहाँलाई सहारा बिना नै हिड्ने आत्मबल थियो । यहाँका डाँडाँ-काडाँ हिडेरै छिचोल्न चाहना स्वर्गिय सुनुवारको थियो । नया गाउ, नया ठाउ घुम्ने रहर थियो । अष्ट्रेलियाको बारे अधिक जन्ने रहर थियो ।

तर उहालाई प्रभुले चाडै आफ्नो साथ बोलाउनु भयो । प्रभुले उहालाई सांसारिक दु:ख कष्टबाट मुक्त गर्नु भयो ।

उहाका एक धर्मपत्नी जूनी माया सुनुवार, दुई छोरी जानुका र ग्रेसी र दुइ ज्वाइहरु धन बहादुर र शुरेन्द्र अनि चार नाति-नातिना हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.