सबै साहित्य, भाषा, लिपि तथा संस्कृति प्रेमीहरुलाई यो साधारण निमंत्रणा पठाईन्छ कि आगामी १३-७-०९ का दिन कोग्लिन पथको सामुदायिक भवनमा विहान १० देखि दिउसो २ बजे सम्म भानुजयन्ती मनाउने आयोजना गरेको छ ! उक्त जयन्तीमा आ-आफ्ना विभिन्न विधामा लेखिएका लेखहरु बाचन गरिने छ ! तिन उत्कृष्ट रचना पुरस्कार र ५ सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको छ ! लेखहरु दुइ भागमा बाडिने छन् – प्रतियोगात्मक र अप्रतियोगात्मक ! प्रतियोगात्मक लेख शुद्द आफ्नो रचना हुनु पर्ने छ ! अप्रतियोगात्मक लेखहरुमा अन्य कविका लेखहरु पर्दछन ! आफुलाई मन परेका तुक्का, उखान, हास्य, ब्यङ्ग आदि अरु कबिका अनुकरण गरि मनोरंजनका रुपमा सुनाउन सकिन्छ ! रामायण पाठ प्रतियोगात्मक हो ! वृद्ध, वयस्क, तरुण तथा बाल सबैले चाहेमा पढ़्ने मौका पाउने छन् ! भाषाको उत्थानका लागी गरिएको यो भेला अस्ट़र्लीया महादेशको पहिलो हुनेछ र ऐतिहासिक पनि ! यसकारण अल्सी नमानी यो ऐतिहासिक भेलालाई सु-सम्पन्न गराई दिनु हुन यो साहित्यिक समूह हार्दिक अनुरोध गर्दछ !

भानुभक्तको फोटामा माल्यर्पण गरि प़तियोगीताका लागि निर्णायक चयन भएपछि कार्य आरम्भ हुनेछ ! जलपानको व्यवस्ता बीचमा हुनेछ !

नोट : प़तियोगीताका लागि लेख तथा रचनाहरु १२-७-२००९ को १२ बजे सम्ममा आइपुग्नु पर्ने छ !
सम्पर्क : पुश्कर पौडेल (0421 704 709), मोहन सुवेदी(0401 525 809), विक्रम अधिकारी(0411 341 531), शान्तीराम ढकाल(0401 818 221)

Leave a Reply

Your email address will not be published.